प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको करिब १ लाख ४८ हजार ६०० कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।

हाललाई यो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले सेयर खरिदका लागि ३५ दिने समयसीमा दिएको छ । यस अवधिभित्र इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौँको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् ।

कम्पनीले जनाएअनुसार, यदि तोकिएको समयभित्र संस्थापक समूहबाट सेयर खरिदका लागि पर्याप्त निवेदन नपरेमा, ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै