
काठमाडौँ । बन्दीपुर केबलबार एण्ड टुरिजम कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । बिहीबार बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्नेछ । यसका लागि रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी बीबी’ रेटिङ दिएको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने सन्दर्भमा मध्यम जोखिम रहेको संकेत गर्छ ।
बन्दीपुर केबलबारको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । कम्पनीले आफ्नो जारी पुँजीको २०.७० प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।