
काठमाडाैँ । सेयर बजार परिसूचक नेप्से लगातार पाँचौँ दिन पनि बढेको छ। आज नेप्से १०.९८ अंकले बढेर २ हजार ७ सय ५.८१ विन्दुमा पुगेको छ।
आज होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उपसमूहको सेयर घटेको छ। यद्यपि, अन्य समूहको सेयरमा वृद्धि देखिएको छ, जसमा फाइनान्स उपसमूहको सेयरमा ४ प्रतिशतभन्दा धेरैको उछाल आएको छ। विशेषगरी, नेपाल फाइनान्स समूहको सेयर झन्डै १० प्रतिशतले बढेको छ ।
बजार समग्रमा बढे पनि सप्तकोशी विकास बैंकको सेयर मूल्यमा भने १० प्रतिशतले गिरावट आई नकारात्मक सर्किट लागेको छ ।
आजको कारोबार रकम भने हिजोको तुलनामा केही घटेको छ। हिजो ९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा आज ३११ वटा कम्पनीका २ करोड ४९ लाख कित्ता सेयर ९ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएका छन् ।