सान्भी इनर्जीको आईपीओ डिम्याटमा जम्मा, SANVI सिम्बलबाट कारोबार

काठमाडाैँ । सान्भी इनर्जी लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आईपीओ) डिम्याट खातामा आयेको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले  गाेलाप्रथाबाट सेयर हात पारेका लगानीकर्ताको डिम्याट खातामा असार १८ गते  बुधबार  आईपीओ जम्मा गरेकाे हो ।

कम्पनीकाे आईपीओ ‘SANVI’ सिम्बलमा डिम्याट खातामा जम्मा भएकाे हाे । सेयर डिम्याट खातामा आएसँगै अब याे सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट धिताेपत्रकाे दाेस्राे बजारमार्फत  कारोबार गर्न सकिने छ। कम्पनीको सेयर  ‘SANVI’ सिम्बलमा कारोबार हुने छ ।

बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले गत जेठ २६ गते सोमबार दिउँसो ३ बजे शेयर बाँडफाँड गरेको थियो। जसमा २ लाख ४१ हजार ५ सय ३० जना आवेदकले १० कित्ताको दरले शेयर पाएका थिए ।

कम्पनीले इलामको सूर्योदय नगरपालिकास्थित जोगमई खोलामा ७.६ मेगावाटको आयोजना निर्माण सम्पन्न गरि सञ्चालन गरिरहेको छ । १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ लागतमा तयार भएको आयोजनाको प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ ।

कम्पनीले ५.२ मेगावाटको जोगमइ क्यासकेड जलविद्युत् आयोजना अन्तिम चरणमा पुर्याएको छ। यो आयोजनाको लागत प्रतिमेगावाट १९ करोड ४० लाख रुपैयाँ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै