मोदी इनर्जीको विशेष साधारणसभा आज बस्दै

काठमाडौँ । मोदी इनर्जी लिमिटेडको विशेष साधारणसभा आज बिहीबार बस्दैछ । सभा रानी महल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । साथै, सभाले १ जना सञ्चालक पनि नियुक्त गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १२ गते बुक क्लोज गरिसकेको छ । यसकारण असार ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै