एशियन लाइफ इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार १९ गते, बुधबार) अन्तिम दिन हो । कम्पनीले लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि असार २० गते (भोलि) एक दिनका लागि बुक क्लोज गर्दैछ ।

यसको अर्थ, आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र आगामी साधारणसभामा सहभागी हुन पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना सेयरधनीहरूलाई ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।

यो लाभांश पारित गर्न कम्पनीले असार ३० गते बाराको सिमरामा रहेको होटल इच्छामा दिउँसो १ बजेदेखि १७औँ साधारणसभा आयोजना गर्दैछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै