विकास हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौँ । विकास हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार, आज (बुधबार) साँझसम्म ५९ लाख ५९ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । जुन माग गरिएको भन्दा २.०२ गुणा बढी हो।

कम्पनीले सर्वसाधारणका लागि कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर बिक्री खुला गरेको थियो । पहिलो दिनमै ४ लाख ८४ हजार ११९ जना सर्वसाधारणले आईपीओका लागि आवेदन दिएका छन् ।

यस निष्काशनमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै गोरखाका आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले वैशाख १६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । कम्पनीले कुल ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता शेयर निष्काशन गरेको हो।

यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ। हाल कम्पनीमा खग्रेन्द्र न्यौपानेको १४ प्रतिशत, कृष्ण प्रसाद घिमिरेको ८ प्रतिशत, सरोज धितालको ८ प्रतिशत, राजकुमार गुरुङको ७ प्रतिशत, इन्द्र बहादुर ढकालको ५ प्रतिशत, र सुनिल श्रेष्ठको ४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै