
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्कले बढेको छ । एक दशमलव ०९ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ६६० दशमलव ३९ अङ्कमा कायम भएको हो । अघिल्ला दुई दिनमध्ये आइतबार बजार २६.५३ अङ्क र सोमबार ९.१९ अङ्कले बढेको थियो ।
आज ३०९ कम्पनीको एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर ७० हजार २१४ पटक खरिदबिक्री हुँदा सात अर्ब तीन करोड ३० लाख ५० हजार २८६ रूपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेसटिभ इन्डेक्स पनि ६.१९ विन्दुले बढेर ४५६ .७५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको मात्रै घटेको छ । आज सेयर बजारमा २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सबैभन्दा धेरै नौ दशमलव ८७ प्रतिशतले बढेको छभने सबैभन्दा धेरै घट्नेमा युनिलिभर नेपाल लिमिटेडको दुई दशमलव १३ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ४६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधी विद्युत कम्पनी र बुटवल पावर कम्पनी त्यसपछि क्रमशः उच्च कारोबार भएका कम्पनी रहेका छन् ।
आज सबैभन्दा धेरै कमाउने सामुदायिक लघुवित्त, न्यादी हाइड्रोपावरका लगानीकर्ता रहे। यी दुवै कम्पनीको शेयर मूल्यमा ९.८७ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी वरुण हाइड्रोपावर र राप्ती हाइड्रोपावरका लगानीकर्ताले पनि ८ प्रतिशतभन्दा बढी कमाएका छन् ।