काठमाडौँ । राइजिङ हाइड्रोपावरले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । यो प्रयोजनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गरेको छ ।
यस नियुक्तिसम्बन्धी सम्झौतापत्रमा राइजिङ हाइड्रोपावरका अध्यक्ष शंकरबहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले राइजिङ हाइड्रोपावरको पुँजी संरचना पुनर्संरचना, प्रबन्धपत्रको उद्देश्यअनुसार सहजीकरण तथा सेयर निष्कासनसँग सम्बन्धित अन्य संस्थागत परामर्श सेवा प्रदान गर्नेछ ।
२०६२ साल फागुन २२ गते स्थापना भएको राइजिङ हाइड्रोपावर, नेपालको जलविद्युत् क्षेत्रमा दिगो विकास र स्वदेशी स्रोतको प्रयोगमार्फत ऊर्जा उत्पादनमा समर्पित अग्रणी संस्थाका रूपमा रहेको बताइएको छ ।