गार्डियन माइक्रो लाइफको १ लाख कित्ता बढी सेयरको लक-इन अवधि साउन ४ मा सकिँदै

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १२ हजार ५०० कित्ता सेयरको लक-इन अवधि आउँदो साउन ४ गते सकिने भएको छ। सामूहिक लगानी कोषतर्फको सेयरकाे अवधि सकिन लागेकाे हाे ।

कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको मितिले सामूहिक लगानी कोषलाई छुट्याइएको सेयर ६ महिनासम्म लक-इनमा राख्नुपर्ने प्रावधानअनुसार यी सेयरहरू लक-इनमा रहेका थिए । यद्यपि, संस्थापक र कर्मचारीतर्फको सेयर भने ३ वर्षसम्म लक-इनमा नै रहनेछन् ।

लक-इन अवधि सकिएपछि यी सेयरहरू बजारमा कारोबारका लागि उपलब्ध हुनेछन्, जसले कम्पनीको सेयर मूल्यमा केही उतारचढाव ल्याउन सक्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै