बुंगल हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । बुंगल हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई आइतबार प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख ५ हजार कित्ता सेयर निष्कासन तथा बिक्री खुला गर्न अनुमति दिएको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

यो आईपीओले बुंगल हाइड्रोपावरलाई आफ्नो परियोजनाका लागि आवश्यक पुँजी जुटाउन मद्दत गर्नेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै