श्वेतगंगा हाइड्रोपावरको ‘लक इन’ अवधि साउन १७ मा सकिँदै

काठमाडौँ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि आउँदो साउन १७ गते सकिँदैछ। यो अवधि समाप्त भएसँगै ती सेयरहरू कारोबारका लागि योग्य हुनेछन्।

कम्पनीले सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरूको सेयर ‘लक इन’मा राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

यस कम्पनीको कुल ७३ लाख कित्ता संस्थापक सेयर, १५ लाख ९३ हजार कित्ता स्थानीय बासिन्दाको सेयर र ७ लाख ९६ हजार ५०० कित्ता कर्मचारीको सेयर हाल ‘लक इन’मा रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै