
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.३३ अंकले घटेर २६००.२ को विन्दुमा कायम भएको छ। यस दिन ५ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
कारोबारको अवस्था
कुल ३११ कम्पनीका १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर किनबेच भएका छन्।
बढी कमाउने कम्पनी: मोदी इनर्जीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाएका छन्। दोस्रोमा तेह्रथुम पावरका लगानीकर्ताले ९.७७ प्रतिशतले कमाएका छन्।
बढी गुमाउने कम्पनी: जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.५१ प्रतिशतले गुमाएका छन्।
उच्च कारोबार: बुटवल पावर कम्पनीको ५३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भयो। त्यस्तै, एनआरएनको ३६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।