एनएमबि लघुवित्तले तोक्यो बुकक्लोज, एजीएम कहिले ?

काठमाडाैँ।  एनएमबि लघुवित्त वित्तीय संस्थाले असार ३२ गते बुधबार डाकेको बाह्रौँ वार्षिक साधारण सभाका लागि शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । असार १० गते साँझ ५ बजे बसेको वित्तीय संस्थाको सञ्चालक समितिको १७६ औँ बैठकले बुकक्लोज र साधारण सभाको मिति तोकेको हो ।

बाह्रौँ वार्षिक साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार २४ गते एक दिनका लागि वित्तीय संस्थाको शेयर दाखिला खारेजीको काम बन्द रहने निर्णय गरेको हो । बुकक्लोज अनुसार असार २३ गते साँझ ५ बजेसम्म शेयर कारोवार भई तोकिएको समयभित्रमा शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार काठमाडौँबाट प्राप्त नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरु मात्र लघुवित्तको वार्षिक साधारण सभामा भाग लिन योग्य हुनेछन्।

साधारण सभा होटल सिटि स्क्वायर प्रालि, पोखरामा बिहान ९ बजे सुरू हुनेछ । सभामा संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन गरि ५१ प्रतिशत कायम गर्ने सम्बन्धी प्रबन्धपत्रको दफा ६ (३) तथा सर्वसाधारण तर्फको शेयर स्वामित्व परिवर्तन गरि ४९ प्रतिशत कायम गर्ने सम्बन्धी प्रवन्धपत्रको दफा ६ तथा संस्थापक समूह अर्न्तगत मनोनित र निर्वाचित हुने सञ्चालकको संख्या सम्बन्धी नियमावलीको ३१ (क) संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा छलफल हुनेछ ।

यस्तै सञ्चालक समितिको गठन, संख्या र कार्यकाल सम्बन्धी संस्थाको नियमावलीको नियम २७२ संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाडी बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने छ ।

साथै वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।

सभाका सामान्य प्रस्तावहरूमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०५१ आषाढ मसान्तको वासलात आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने र कम्पनी ऐन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आव २०८१/८२ को लेखा परीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै