नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य ०.२२ अंकले घटेर २,६०० विन्दुमा कायम भएको छ। यस दिन कारोबार रकममा पनि गिरावट आएको छ।

बजारमा आज १०७ कम्पनीको शेयर मूल्य बढ्यो भने १४२ कम्पनीको शेयर मूल्य घट्यो । कुल ३१६ कम्पनीका १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज बुटवल पावर कम्पनीको सर्वाधिक २७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भयो। त्यसैगरी, राधी विद्युत कम्पनीको २३ करोड ९६ लाख रुपैयाँ र हिमालयन पावर पार्टनरको २३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज लगानीकर्तामध्ये ओम मेगाश्रीका लगानीकर्ताले सर्वाधिक ८ प्रतिशत कमाए। यस्तै, हिमालयन पावर पार्टनरका लगानीकर्ताले ७.८७ प्रतिशत र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ५.९७ प्रतिशतले कमाएका छन्।

आज एनआईसी एशिया डिबेन्चरका इकाईधनीले सबैभन्दा धेरै ५.१७ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै