नेप्सेको २६०० विन्दुमा प्रतिरोध परीक्षण जारी, कारोबार रकम घट्यो

काठमाडौँ । गत आइतबार २६०० विन्दुबाट तल झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले सोमबार सोही विन्दुमा प्रतिरोध सामना गरेको छ।

अन्तरदिनको कारोबारमा पटकपटक २६०० विन्दु पार गर्दै र फेरि झर्दै गरेको नेप्से बजार बन्द हुँदा २६०० विन्दुमै अडिएको छ। आइतबारको तुलनामा नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.९६ विन्दुमा बन्द भएको हो।

तीन महिनापछि २६०० विन्दुमुनि झरेको बजारले यो तहमा आफूलाई कायम राख्ने प्रयास गरिरहँदा लगानीकर्ताहरू भने ‘पर्ख र हेर’ को अवस्थामा देखिएका छन्। यही कारणले बजारमा सामान्य वृद्धि भए पनि कारोबार रकममा २९ प्रतिशतले गिरावट आएको छ। आइतबार ९ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ४७ करोड रुपैयाँको मात्र कारोबार भएको छ।

आज ३२५ वटा धितोपत्रको कुल १ करोड ७५ लाख कित्ता सेयर किनबेच भएको थियो । सोमबार १६० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ।

बढेका कम्पनीहरू:

जोशी हाइड्रोपावर को मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३८३ रुपैयाँ ४० पैसा कायम भएको छ। यस्तै  पञ्चकन्यामाई हाइड्रोपावर को मूल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ता ३९५ रुपैयाँ १४ पैसा पुगेको छ।

घटेका कम्पनीहरू:

गुराँस लघुवित्त वित्तीय संस्था को मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता २ हजार १ सय १४ रुपैयाँमा झरेको छ। पियोर इनर्जी को मूल्य ५.६८ प्रतिशतले घटेर प्रतिकित्ता ९२२ रुपैयाँ कायम भएको छ।

सर्वाधिक कारोबार भएका कम्पनीहरू

सोमबार राधि विद्युत् कम्पनी को सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ८२६ रुपैयाँमा ५२ करोड १८ लाख रुपैयाँ को सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.९६ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३२ रुपैयाँमा ४२ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै