‘रिलायबल समृद्धि योजना’को इकाई नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार खुल्ने

काठमाडौँ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष योजना ‘रिलायबल समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ। आज नेप्सेमा सो योजनाको १२ करोड इकाई सूचीकृत भएको हो ।

इकाई सूचीकृत भएसंगै असार १० गतेबाट लगानीकर्ताले योजनाको इकाई खरिद बिक्री गर्न सक्ने छन् । योजनाको (RSY) सिम्बलबाट कारोबार हुने छ।

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो । यो योजना बीमा क्षेत्रबाट संचालन हुन लागेको पहिलो योजना हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै