
काठमाडाैँ । माउन्टेन इनर्जी नेपालको दुई जना संचालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको हो ।
कम्पनीका सञ्चालक सुनिल प्रसाद राजभण्डारीले असार ४ गते तथा सञ्चालक टिका प्रसाद उप्रेतीले असार ५ गते कम्पनीको संचालक पदवाट राजीनामा दिएका थिए ।
अब माउन्टेन इनर्जी नेपालले ती सञ्चालकहरूको स्थानमा नयाँ सञ्चालक चयन गर्ने छ ।