राप्ती हाइड्रोको ३८ लाख कित्ता बढी शेयरको लकइन अवधि साउनमा सकिँदै

काठमाडाैँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ३८ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८२ साउन ८ गते समाप्त हुने भएको छ ।

कम्पनीको संस्थापकले धारण गरेको ३१ लाख ८६ हजार ५ सय २८ कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको ५ लाख ७५ हजार १ सय ७० कित्ता र कम्पनीका कर्मचारीसँग रहेको ७० हजार ९ सय ८८ कित्ता गरि कुल ३८ लाख ३२ हजार ६ सय ८६ कित्ता शेयरको लकइन अवधि खुल्न लागेको हो ।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् । कम्पनीका संचालकले भने शेयर बिक्री गर्न पाउने छैनन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै