जोशी हाइड्रोपावरको सेयर मूल्य समायोजन

काठमाडौँ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।

कम्पनीको ६५ प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो । हकप्रद समायोजनपछि कम्पनीको प्रतिकित्ता मूल्य ३१६र९८ रुपैयाँ तोकिएको छ । बिहीबार कम्पनीको सेयर अन्तिम पटक प्रतिकित्ता ४५८.०२ रुपैयाँमा कारोबार भएको थियो । यससँगै कम्पनीको सेयर अब आइतबार बिहीबार समायोजित मूल्यलाई आधार मानेर खुला हुनेछ ।

कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि असार ८ गते आइतबार बुक क्लोज मिति तोकेको छ। त्यसअन्तर्गत असार ६ र ७ गते शुक्रबार र शनिबार परेकाले आजसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयरका लागि योग्य ठहरिनेछन्।

कम्पनीले धितोपत्र बोर्डबाट २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति पाइसकेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै