मिडिल मोदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, असार २९ गते साधारणसभा आह्वान

काठमाडौँ । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले आगामी असार २९ गते दिउँसो १ बजे १३औँ वार्षिक साधारणसभा बोलाएको हो। उक्त सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने र सोबाट प्राप्त रकमको उपयोगसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ।

साथै, साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्नेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै