जोशी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्न आज (बिहीबार) अन्तिम दिन रहेको छ।

कम्पनीले असार ८ गते बुक क्लोज मिति तोकेको छ । त्यसअन्तर्गत असार ६ र ७ गते शुक्रबार र शनिबार परेकाले आजसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयरका लागि योग्य ठहरिनेछन्।

आजसम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीले मात्र कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले धितोपत्र बोर्डबाट चुक्ता पुँजीकाे ६५ प्रतिशतले हुन आउने  २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति पाइसकेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै