प्रभु बैंकको पौने ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थापक समूहका २ लाख ७८ हजार २०६ कित्ता सेयर बिक्रीमा राखेको छ।

बैंकले सेयर बिक्रीसम्बन्धी सूचना प्रकाशित गर्दै हाललाई विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र सेयर खरिदको प्रस्ताव दिन आह्वान गरेको छ। इच्छुक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

निवेदनका लागि बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ।

बैंकले तोकिएको समयमा कुनै संस्थापक सेयरधनीबाट सेयर खरिदको प्रस्ताव नआएमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै