
काठमाडौँ । शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। उद्योगले २ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड २ लाख १० हजार कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो। यो आईपीओ स्थानीयबासी र सर्वसाधारणका लागि ल्याइनेछ। कम्पनीले असार २ गते (जुन १६, २०२५) मा सेबोनमा आईपीओ निष्कासनको लागि निवेदन दर्ता गरेको छ।
शुभश्री अग्नि सिमेन्टको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।