मोदी इनर्जीको हकप्रद निष्कासन प्रस्ताव, असार १९ गते विशेष साधारणसभा

काठमाडौँ । मोदी इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेको छ । सभा यही असार १९ गते बिहान ११ बजे काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल बैंक्वेटमा हुनेछ।

सभामा १:१ अनुपातमा हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव पेश गरिनेछ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ। प्रस्ताव पारित भएपछि हकप्रदबाट उठ्ने पूँजीको उपयोगबारे पनि सभाले निर्णय गर्नेछ।

साथै, सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, संस्थापक समूहबाट एक जना सञ्चालक नियुक्त गर्ने, र हकप्रद निष्कासनका क्रममा आवश्यक परेमा नियामक निकाय वा अन्य सम्बन्धित संस्थाबाट प्राप्त निर्देशन अनुसार निर्णय गर्न सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि पारित गर्नेछ।

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले असार १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असार ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयरधनी कायम रहेका लगानीकर्ताहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै