पिपुल्स पावरको शेयरमूल्य समायोजन, नेप्सेमा नयाँ मूल्य ३६१.१३ रुपैयाँ कायम

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार पिपुल्स पावर लिमिटेड (PPL) को शेयरमूल्य समायोजन गरेको छ। कम्पनीको हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले नयाँ समायोजित मूल्य निर्धारण गरेको हो।

५० प्रतिशत हकप्रद समायोजन

नेप्सेले पिपुल्स पावरको ५० प्रतिशत हकप्रद शेयर निष्कासनको आधारमा शेयरमूल्य समायोजन गरेको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य ३६१ रुपैयाँ १३ पैसा कायम गरिएको छ।

यो मूल्य अघिल्लो कारोबार दिन अर्थात आइतबार कायम अन्तिम मूल्य ४९१ रुपैयाँ ७० पैसा लाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा शेयर कारोबार हुनेछ।

३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर आउँदै

कम्पनीले हाल कायम चुक्ता पूँजी अनुसार, १ कित्ता बराबर ०.५ कित्ता अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यसअनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै