नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडाैँ ।  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। जेठ ३० गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे मूल्य समायाेजन भएकाे हाे ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले शुक्रबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। इन्स्योरेन्सको ३४.७८२६०८७ प्रतिशत हकप्रदमा नेप्सेले शेयर समायोजन गरेको हो। जसअनुसार इन्स्योरेन्सको समायाेजित शेयर मूल्य प्रतिकित्ता ६०६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, कम्पनीको अन्तिम मूल्य ७८२ रुपैयाँ ८७ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।

इन्स्योरेन्सले हाल कायम १० कित्ता बराबर नयाँ ३.४७८३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। यस अनुसार इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै