जोशी हाइड्रोपावरले पायो हकप्रद अनुमति

काठमाडौँ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको छ ।

सेबोनले १ः०.६५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो । जस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता सेयर जारी गर्नेछ ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीको रेटिङ केयर रेटिङ नेपाल लिमिटेडद्वारा गरिएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। २४ करोड १४ लाख १० हजार रुपैयाँको हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै