स्वस्तिक लघुवित्तको नेतृत्वमा फेरि धिरेन्द्र लाल कर्ण: दोस्रो कार्यकालका लागि नियुक्त

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (CEO) मा पुनः धिरेन्द्र लाल कर्ण नियुक्त भएका छन् । संस्थाको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

कम्पनीका अनुसार कर्णको नयाँ कार्यकाल २०८२ माघ १ गतबाट सुरु हुने छ । कम्पनीले यसअघि उनलाई २०७८ माघ १ गतेदेखि लागू हुने गरि सीइओ नियुक्त गरेको थियो । उनको ४ वर्षको कार्यकाल सकिन लागेकोले कम्पनीले उनलाई नै फेरि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

१५ वर्षदेखि लघुवित्त क्षेत्रमा संलग्न कर्णसँग जीवन विकास लघुवित्त, मिथिला लघुवित्त, इन्फिनिटी लघुवित्त लगायतका संस्थामा काम गरेको अनुभव छ।

पहिलो कार्यकालको उपलब्धि कर्णको पहिलो कार्यकाल निकै सफल मानिएको छ । उनकै नेतृत्वमा लामो समयदेखि रोकिएको स्वस्तिक लघुवित्तको आईपीओ निष्कासन प्रक्रिया सफल भएको थियो । अहिले यस लघुवित्तको शेयर दोस्रो बजारमा सफलतापूर्वक कारोबार भइरहेको छ ।

स्वस्तिक लघुवित्त ‘घ’ वर्गको प्रादेशिक स्तरको वित्तीय संस्था हो । यसको मुख्य कार्यक्षेत्र मधेस प्रदेशमा रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै