काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ। यी दुई संस्थाबीच पुस ९ गते मर्जर तथा प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो।
संयोगवश, यी दुवै लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेका छन्। कार्यक्षेत्र र कार्यशैलीमा समानता रहेका कारण दुई संस्था एक हुन लागेका हुन्।
सेयर बजारको पछिल्लो तथ्याङ्क अनुसार, स्वरोजगार लघुवित्तको सेयर मूल्य प्रति कित्ता ९२० रुपैयाँ रहेको छ भने विन नेपाल लघुवित्तको सेयर मूल्य १,८४७ रुपैयाँ कायम छ । मर्जर सम्झौतापछि अब यी कम्पनीहरूको सेयर कारोबार प्रक्रिया अनुसार रोक्का हुनेछ ।