काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीका लागि ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आज मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश समावेश गरिएको छ। संस्थाले सेयरधनीलाई प्रतिफल सुनिश्चित गर्ने उद्देश्यले यो प्रस्ताव अघि सारेको जनाएको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ । साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
लघुवित्त क्षेत्रको वित्तीय स्थिरता र नाफा क्षमताका आधारमा संस्थाले निरन्तर रूपमा सेयरधनीलाई प्रतिफल दिने नीति अवलम्बन गरिरहेको जनाएको छ ।