काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
लघुवित्तको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले अघिल्लो आर्थिक वर्षको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय समेत गरेको छ ।
संस्थाले गत वर्षको नाफालाई सञ्चित गर्ने वा जगेडा कोषमा राख्ने रणनीति लिएपछि यस पटक शेयरधनीहरूको हात खाली हुने भएको हो। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि संस्थाले वार्षिक साधारण सभा आह्वान गर्नेछ ।