सूर्योदय वोमी लघुवित्तको सेयरधनीको हात खाली: यस वर्ष लाभांश नदिने निर्णय

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरणहरू स्वीकृत भएर आएपछि मात्र कम्पनीलाई वार्षिक साधारण सभा बोलाउने बाटो खुल्नेछ।

कम्पनीका अनुसार, राष्ट्र बैंकबाट वित्तीय विवरणहरूमा कुनै संशोधन, सुझाव वा निर्देशन प्राप्त भएमा त्यसलाई समेत समावेश गरी आगामी साधारण सभामा पारित गर्न पेश गरिनेछ।

पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएको समस्या र खराब कर्जाका कारण धेरैजसो लघुवित्त कम्पनीहरूले यस वर्ष लाभांश वितरण गर्न सकेका छैनन्। सूर्योदय वोमीले पनि आफ्नो जगेडा कोष बलियो बनाउन वा अन्य वित्तीय सूचकहरू सन्तुलित राख्न यस वर्ष लाभांश नदिने रणनीति लिएको देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै