हिमालयन लघुवित्तले घोषणा गर्यो लाभांश, कति दिँदैछ ?

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसमध्ये ६.६५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.३५ प्रतिशत नगद लाभांश रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै