नेष्डो समृद्ध लघुवित्तको सीईओमा अशोक कुमार आचार्य नियुक्त

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अशोक कुमार आचार्यलाई नियुक्त गरेको छ। कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

आचार्यलाई आगामी साउन १९ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ। आचार्यको नियुक्तिले नेष्डो समृद्ध लघुवित्तको आगामी कार्यदिशामा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

May be an image of text

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै