समता घरेलु लघुवित्तको नाफासँगै घट्याे प्रतिशेयर आम्दानी

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे खुद नाफा १३ प्रतिशतले घटेको छ । लघुवित्तले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २ करोड ६१ लाख रूपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिसम्म ३ करोड रूपैयाँ खुद नाफा कमाएको थियाे ।

खु्द नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ४.११ रूपैयाँले घटेर ५.५४ रूपैयाँमा झरेको छ । गत वर्ष चैतमा लघुवित्तकाे वार्षिक प्रतिशेयर आम्दानी ९.६५ रूपैयाँ थियो । चैतसम्म कम्पनीको वितरणयोग्य नाफा (लाभांश क्षमता) १ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने साढे १४ करोड रूपैयाँबाट ४३.७२ प्रतिशतले वृद्धि भएर २० करोड ८५ लाख रूपैयाँ नाघेको छ । यता सञ्चालन नाफा भने ४ करोड २९ लाख रूपैयाँबाट घटेर ३ करोड ७३ लाख रूपैयाँमा झरेको छ ।

चुक्ता पुँजी ६२ करोड ९० लाख रूपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ करोड ३७ लाख रूपैयाँ र रिजर्भमा १५ करोड २६ लाख रूपैयाँ रहेको छ । ३ अर्ब १४ करोड रूपैयाँ सापटी लिएको कम्पनीले ५ अर्ब १९ करोड कर्जा प्रवाह र १ अर्ब ५४ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ ।

कम्पनीको खराब कर्जा गत वर्ष ४.८९ प्रतिशत रहेकोमा यस वर्ष बढेर ६.५३ प्रतिशत पुगको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै