मन्जुश्री फाइनान्सले ल्यायो नेपालकै पहिलो ‘भर्चुअल क्रेडिट कार्ड’, १५ देखि ४५ दिनसम्म बिना ब्याज चलाउन पाइने

काठमाडौँ । आफ्ना ग्राहकहरूलाई सधैँ नवीनतम बैंकिङ सेवा प्रदान गर्न अग्रसर रहँदै आएको मन्जुश्री फाइनान्स लिमिटेडले ‘Manjushree Virtual Credit Card’ सार्वजनिक गरेको छ । फाइनान्स कम्पनीहरूमध्ये भर्चुअल क्रेडिट कार्डको सुविधा दिने मन्जुश्री नेपालकै पहिलो कम्पनी बनेको छ ।

के हो भर्चुअल क्रेडिट कार्ड र कसरी चलाउने ?

ग्राहकहरूले मन्जुश्रीको मोबाइल बैंकिङ एप ‘Manjushree Smart’ मार्फत यो कार्ड सक्रिय गरी सजिलै कारोबार गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी फोनपेको कुनै पनि मर्चेन्ट क्युआर (QR) मा स्क्यान गरेर सहजै भुक्तानी गर्न सकिनेछ ।

यसका मुख्य विशेषताहरू:

डिजिटल पहुँच: यो कार्ड भौतिक रूपमा बोक्नु पर्दैन, सिधै मोबाइल एपमा उपलब्ध हुनेछ।

ब्याजमुक्त सुविधा: आफूले चलाएको रकममा न्यूनतम १५ दिनदेखि अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट कार्ड सीमा (Limit) सम्मको सुविधा उपभोग गर्न सकिनेछ।

तुरुन्त विवरण: आफूले खर्च गरेको रकमको विवरण मोबाइलमै तुरुन्तै हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

सहज भुक्तानी: क्रेडिट कार्ड लिमिटसम्मको रकम क्युआर स्क्यान गरी सामान वा सेवा खरिद गर्दा भुक्तानी गर्न सकिनेछ ।

यस नवीन सुविधाले ग्राहकहरूलाई थप छरितो र आधुनिक वित्तीय सेवा दिने विश्वास फाइनान्सले लिएको छ ।

फाइनान्सको बजार अवस्था हालसम्म करिब १ लाख ८० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा दिँदै आएको मन्जुश्री फाइनान्सले २७ वटा शाखा र एउटा विस्तारित काउन्टरमार्फत सेवा प्रवाह गरिरहेको छ ।

फाइनान्सले हालसम्म करिब २४ अर्ब निक्षेप सङ्कलन तथा २०.५ अर्ब कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै