काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
फाइनान्स कम्पनीको पुस २ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।
यससँगै यो वर्ष पनि फाइनान्सको सेयरमा लगानी गरेकाहरुको हात खाली हुने भएको छ ।