काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो स्थापनाको १५ औं वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गरेको छ ।
फाइनान्सले वि.सं. २०६६ साल मङ्सिर १० गते इजाजत प्राप्त गरी मङ्सिर १८ गतेबाट औपचारिक रूपमा कारोबार सुरु गरेको थियो । कमलादी, काठमाडौँमा रहेको आफ्नै केन्द्रीय भवनबाट मुख्य शाखा कार्यालयसहित कारोबार सुरु गरेको यस संस्थाले हालसम्म देशका विभिन्न स्थानमा २२ वटा शाखा कार्यालयहरू विस्तार गरिसकेको छ ।
संस्थाका शाखाहरू न्यूरोड (काठमाडौँ), सितापाईला (काठमाडौँ), ईमाडोल (ललितपुर), नारायणघाट (चितवन), महेन्द्रपुल (पोखरा), बेंसीशहर (लमजुङ), बनेपा (काभ्रे), धादिङबेंसी (धादिङ), चारआली (झापा), गोरखा बजार (गोरखा), भैरहवा, मणीग्राम, बुटवल (रूपन्देही), धनगढी, अत्तरीया (कैलाली), महेन्द्रनगर (कञ्चनपुर), कोहलपुर (बाँके), दमक, बिर्तामोड, धुलाबारी (झापा), र टाँडी (चितवन) लगायतका स्थानमा सञ्चालनमा छन् ।
सामाजिक उत्तरदायित्वका कार्यक्रम
संस्थाले १६औं वार्षिकोत्सवको अवसरमा ‘संस्थागत सामाजिक उत्तरदायित्व (CSR)’ अन्तर्गत विविध कार्यक्रमहरू सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रम: बालाजु, काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न गरियो ।
शैक्षिक सहयोग:
विपन्न वर्गका लागि शिक्षाको क्षेत्रमा सहयोग गर्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका-६, गोसाइँस्थान स्थित नैमिषारण्य संस्कृत गुरुकुलम मा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी तथा मसलन्द सामानहरू वितरण गरियो ।
संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ आफ्ना ग्राहकहरूलाई सहज र सर्वसुलभ तरिकाले विभिन्न शीर्षकहरूमा कर्जा प्रदान गर्दै आएको छ । साथै, आकर्षक ब्याजदरसहित विभिन्न निक्षेप योजनाहरू लागू गरी निक्षेप सङ्कलन कार्यलाई पनि निरन्तरता दिँदै आएको छ ।
संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई E-Banking, SCT Network ATM, विभिन्न रेमिटेन्स सेवाहरु, सी आस्वा (C -ASBA), IPS, Connect IPS सेवा, ABBS सेवा, Electronic Cheque Clearing (ECC), SMS Banking, Mobile Banking, SCT MoCo (Sajilo Payments, Sajilo Life apps) समेतका सेवा प्रदान गर्दे आएको छ ।