पोखरा । समृद्धि फाइनान्स लिमिटेड, पोखरा शाखाले हिमाल कलेज अफ म्यानेजमेन्ट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मध्यवर्ती स्तर र बीबीए प्रथम सेमेस्टरका ३० जना विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) सम्बन्धी विविध जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रम समृद्धि फाइनान्सका शाखा प्रबन्धक दीपक कुमार श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बीएफआईहरूको कार्यक्षेत्र, रोजगारीका अवसरहरू, बैंक वर्गीकरण तथा सहकारीबीचको भिन्नता जस्ता विषयहरूमा विद्यार्थीहरूलाई विस्तृत जानकारी प्रदान गरियो । साथै, वित्तीय क्षेत्रमा उपलब्ध अवसरहरूबारे विद्यार्थीहरूलाई मार्गदर्शन गरिएको थियो ।
विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्त जानकारीमूलक र उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। समृद्धि फाइनान्सले आगामी दिनहरूमा पनि यस्ता वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर ।टि ।जि ।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू . आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।