
काठमाडौँ । बेष्ट फाइनान्सले आफ्नो २८ औँ वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन गरेको छ। बुधबार सम्पन्न साधारण सभाले संस्थापक र सर्वसाधारण समूहका सञ्चालकहरूका साथै एक स्वतन्त्र सञ्चालकको चयन गरेको हो ।
नवनिर्वाचित सञ्चालकहरूमा संस्थापक सेयरधनीको तर्फबाट प्रा. डा. रामजी गौतम, सुशिला खनाल र रामचन्द्र देवकोटा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहबाट खिमलाल पौडेल, विष्णु प्रसाद ज्ञवाली, रामलाल श्रेष्ठ तथा स्वतन्त्र सञ्चालकमा बौधराज अर्याल चयन भएका छन् ।
साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेसँगै बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले प्रा. डा. रामजी गौतमलाई सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिएको छ। यसअघि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा खिमलाल पौडेल थिए ।