मञ्जुश्री फाइनान्सले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’: खल्तीबाटै नियमित बचत सम्भव

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले खल्ती डिजिटल वालेट सँगको सहकार्यमा नयाँ ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ। यस सुविधाअन्तर्गत अब खल्तीका प्रयोगकर्ताहरूले आफ्नो डिजिटल वालेटमार्फत नै नियमित रूपमा बचत गर्न सक्नेछन्।

यो अभिनव सुविधाले वित्तीय कारोबारमा प्रविधिको प्रयोगलाई अझ व्यापक बनाउने विश्वास लिइएको छ। खल्तीमार्फत वित्तीय कारोबार गरिरहेका ग्राहकहरूले सजिलै मञ्जुश्री फाइनान्समा खाता खोल्न र कारोबार गर्न सक्नेछन्। यसले वित्तीय संस्थामा गएर खाता खोल्न लाग्ने समयको बचत हुने र वित्तीय कारोबार गर्न झनै सहज हुने मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिलसिनाले बताए।

स्मार्ट डिपोजिटका मुख्य विशेषताहरू:

बचतको प्रकार: खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन्।

अवधि: बचत अवधि ६ महिनादेखि ६० महिनासम्म चयन गर्न मिल्नेछ।

न्यूनतम रकम: न्यूनतम १०० रुपैयाँबाट बचत सुरु गर्न सकिनेछ।

ब्याजदर:

मञ्जुश्री खल्ती बचत खातामा वार्षिक ५ प्रतिशत ब्याज।

स्मार्ट रिकरिङ खातामा वार्षिक ७ प्रतिशत ब्याज।

यस सेवामार्फत खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन् । बचत अवधि ६ महिना देखि ६० महिनासम्म चयन गर्न मिल्नेछ भने न्यूनतम १०० रुपैयाँबाट सुरुआत गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार खल्ती र मञ्जुश्री फाइनान्सको सहकार्यमा सुरु गरिएको ‘स्मार्ट डिपोजिटजस्तो डिजीटल बचत फिचरले नेपाल राष्ट्र बैंकको वित्तीय पहुँच विस्तारको लक्ष्यलाई सार्थक बनाउन थप सहयोग र्पुयाउने विश्वास लिइएको छ । यस्ता नविनतम प्रविधिमार्फत प्रदान गरिने सेवा तथा सुविधाले डिजिटल समावेशीकरणलाई बलियो बनाउने र दीगो आर्थिक समृद्धिमा टेवा र्पुयाउन योगदान दिने विश्वास गरिएको छ ।

हाललाई यो स्मार्ट डिपोजिट सुबिधाअन्तर्गत मन्जुश्री खल्ती बचत खातामा वार्षिक ५ प्रतिशत साथै स्मार्ट रिकरिङ्ग खातामा वार्षिक ७ प्रतिशत ब्याज प्राप्तगर्न सकिने कम्पनीले जनाएको छ ।

निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभदरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ । हालको मितिसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरुलाई सेवा पुर्याउँदै आइरहेको मन्जुश्री फाइनान्स, फाइनान्सहरुको श्रेणीमा अग्रणी स्थानमा रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार खल्ती र मञ्जुश्री फाइनान्सको यो सहकार्यले वित्तीय पहुँच विस्तारको लक्ष्यलाई सार्थक बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ। यस्ता नवीन प्रविधिमार्फत प्रदान गरिने सेवा तथा सुविधाले डिजिटल समावेशीकरणलाई बलियो बनाई दिगो आर्थिक समृद्धिमा टेवा पुर्‍याउने बैंकले जनाएको छ।

हाल, मञ्जुश्री फाइनान्सले २७ वटा शाखा र एउटा विस्तारित काउन्टरमार्फत १ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै