काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडद्वारा निष्काशन गरिएको प्रति शेयर अंकित मूल्य रु. १०० भएको कुल ३५ करोड रकम बराबरको ३५ लाख कित्ता “KSBBL ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर” नामको अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।
धितोपत्रको दोस्रो बजारमा हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद–बिक्रि गर्न पाइनेछ । उक्त अग्राधिकार शेयर जारी गरे पश्चात बैंकको पुँजीकोष बढ्न गई व्यवसाय विस्तारको अवसर बढ्न जानेछ ।
अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सुचीकृत भए सँगै कारोवार समेत गर्न सकिने भएको छ ।