सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ५४% को वृद्धि, प्रतिशेयर आम्दानी १६.२१ रुपैयाँ

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी (EPS) दुवैमा आकर्षक सुधार देखिएको छ।

नाफा र सञ्चालन मुनाफा चालू आवको पहिलो ६ महिना (पुस मसान्त) सम्ममा बैंकले ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको (१९ करोड ६५ लाख रुपैयाँ) तुलनामा ५३.९५ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घट्दा बैंकको नाफामा उल्लेख्य सुधार आएको देखिन्छ।

मुख्य वित्तीय सूचकहरू:

  • खुद ब्याज आम्दानी: १८.४९ प्रतिशतले वृद्धि।

  • सञ्चालन मुनाफा: ५९.३३ प्रतिशतले वृद्धि।

  • इम्पेरमेन्ट चार्ज: २० करोड ८५ लाखबाट घटेर १७ करोड ६८ लाख रुपैयाँ।

  • वितरणयोग्य मुनाफा: ९ करोड ४६ लाख रुपैयाँ।

प्रतिशेयर आम्दानी र नेटवर्थ

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी ४.७५ रुपैयाँले बढेर १६.२१ रुपैयाँ पुगेको छ। त्यस्तै, पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १५३.२४ रुपैयाँ र मूल्य आम्दानी अनुपात (P/E Ratio) २४.७८ गुणा रहेको छ।

निक्षेप र कर्जाको अवस्था

चुक्ता पूँजी ३ अर्ब ७३ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ। बैंकले पुस मसान्तसम्म ५४ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै