काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको हालै सम्पन्न २४ औँ वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम आज पुस २३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय सस्ंथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
पुस २१ मा सम्पन्न बैंकको वार्षिक साधारण सभा मार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।