काठमाडौँ । सालपा विकास बैंकको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने अन्तिम दिनसम्म सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिनसम्म २३ लाख ८३ हजार ९८१ जना आवेदकले सेयरका लागि आवेदन दिएका छन्।
बैंकले सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेकोमा २ करोड ७८ लाख ९० हजार ३७० कित्ताका लागि आवेदन परेको हो। यो मागभन्दा १९.३८ गुणा बढी हो।
यस्तो छ बाँडफाँडको गणित:
बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। जसलाई निम्न अनुसार बाँडफाँड गरिएको छ:
वैदेशिक रोजगारीमा रहेका नेपाली: १ लाख ७२ हजार ३८८ कित्ता (यसअघि नै बाँडफाँड भइसकेको)।
सामूहिक लगानी कोष: ८६ हजार १९४ कित्ता (५ प्रतिशत)।
कर्मचारीका लागि: २६ हजार ११९ कित्ता।
सर्वसाधारणका लागि: १४ लाख ३९ हजार १७९ कित्ता।
मागभन्दा धेरै गुणा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार यो आईपीओ गोलाप्रथा (Lottery) बाट बाँडफाँड हुनेछ । जसअनुसार कुल आवेदकमध्ये १ लाख ४३ हजार ९१७ जनाले मात्र १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी २२ लाख ४० हजारभन्दा बढी आवेदकको हात खाली हुने देखिन्छ।