काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ। बैंकले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।
सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, वित्त, मौद्रिक, अर्थशास्त्र, वाणिज्य, लेखाशास्त्र, तथ्यांक, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ । साथै, चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा अनुभव भएका उम्मेदवार पनि योग्य मानिने बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संघ-संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्यअनुभव आवश्यक छ ।
अनुभवका हिसाबले ‘क’ वर्गको बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ३ वर्ष, ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंकमा ५ वर्ष वा जिल्लारप्रदेशस्तरको विकास बैंक वा वित्त कम्पनीमा ७ वर्ष काम गरेको हुनुपर्नेछ ।
उम्मेदवारको उमेर ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने बैंकले स्पष्ट पारेको छ। छनोट प्रक्रिया अन्तर्गत परीक्षा, अन्तर्वार्ता तथा व्यवसायिक प्रस्तावको प्रस्तुतीकरण हुने बैंकले जनाएको छ ।