कामना सेवा विकास बैंकको ‘केयर एनपी बी प्लस’ रेटिङ पुनः पुष्टि, मध्यम जोखिम कायम

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको क्रेडिट रेटिङ केयर रेटिङ्स नेपाल लिमिटेडले पुनः पुष्टि गरेको छ ।

केयर रेटिङ्स नेपालले बैंकको मूल्यांकनलाई ‘केयर एनपी बी प्लस’ मै कायम राखेको हो । यस मूल्याङ्कनले बैंकलाई वित्तीय दायित्वहरू समयमै पूरा गर्ने सन्दर्भमा मध्यम जोखिम (Moderate Risk) रहेको संकेत गर्छ ।

रेटिङ्स एजेन्सीका अनुसार, यो साधक मूल्याङ्कनले बैंक आफ्नो वित्तीय दायित्व समयमै व्यवस्थापन गर्न सक्षम रहेको देखाउँछ । बैंकले विगतका वर्षहरूमा आफ्नो सञ्चालनमा स्थिरता कायम राखेको तथा निक्षेप र कर्जा व्यवस्थापनमा क्रमिक सुधार ल्याएको पनि उल्लेख गरिएको छ ।

बैंकको यो रेटिङ पुष्टिले बजारमा बैंकको विश्वसनीयता र वित्तीय स्थिरतालाई थप बल पुग्ने अपेक्षा गरिएको छ । साथै, यसबाट बैंकका ग्राहक र लगानीकर्ताहरूलाई वित्तीय जोखिमको स्तर बुझ्न र सोही अनुसार आफ्ना लगानी योजनाहरू व्यवस्थित गर्न सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै