कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृती

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु.१०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार सेयर निष्काशनको लागि अनुमती प्रदान गरेको छ ।

विकास बैंकको १८ औं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृती लिई धितोपत्र बोर्ड समक्ष स्वीकृतीका लागि पेश गरेकोमा बोर्डले स्वीकृती प्रदान गरेको हो ।

उक्त अग्राधिकार सेयर जारी गरेसँगै विकास बैंकको पुँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयरमा लगानीको उचित माध्यम हुनेछ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पको रुपमा सर्कुलरमार्फत अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै