कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष मिश्र नेपालगञ्जबाट पक्राउ

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको बैंक घोटाला प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र नेपालगञ्जबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बुधबार मध्यान्नमा उनलाई नेपालगञ्जमा बाटोमा हिँडिरहेको बेला पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता युवराज खड्काले मिश्रलाई बैंक घोटाला प्रकरणमा पक्राउ गरिएको पुष्टि गरेका छन् । यस प्रकरणमा पक्राउ पर्ने मिश्र तेस्रो व्यक्ति हुन् । यसअघि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परिसकेका छन् ।

पक्राउ परेका तीनै जनालाई नेपालगञ्जमै सीआईबीका डीएसपी दान थापाको नेतृत्वमा अनुसन्धान भइरहेको छ । यो बैंक घोटाला प्रकरणमा अन्य व्यक्तिहरू पनि पक्राउ पर्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै